• जेष्ठ ४ २०८३, सोमबार

राष्ट्रपति भण्डारीसंग अमेरिकी राजदूत र्‍याण्डी बेरीको भेट

आश्विन १३ २०७९, बिहीबार

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीसंग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले भेट गरेका छन् ।

बिहीवार दिउँसो शीतल निवासमा कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच भेट्वार्ता भएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार भेटमा राष्ट्रपति भण्डारी र राजदूत बेरीबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको हो ।