• बैशाख २७ २०८३, आईतवार

फ्लोर क्रस गरेर मन्त्री बनेका नन्दसिंह बुढा एमालेमै फर्किए

आश्विन १३ २०७९, बिहीबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नन्दसिंह बुढा एमालेमा फर्किएका छन् । आज एमाले महासचिव शङ्कर पोखरेलले उनलाई स्वागत गरेका हुन् । बुढा तिनै नेता हुन्, जसले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर निकै चर्चामा आएका थिए ।

डोल्पाबाट निर्वाचित उनी मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए । उनले आफू पुरानै घरमा फर्किएको बताए ।

उनले भने,‘ विगतका केही कमीकमजोरी भएका कारण विद्रोह गरेका थियौं तर लामो समयसम्म एमालेमै संघर्ष गरेको र यही पार्टीमा आफ्नो भविष्य सम्झेर एमालेमै फर्किने निणर्य गरेको हुँ ।’