• बैशाख २७ २०८३, आईतवार

समानुपातिक सूची सच्याउन कांग्रेस बैठक बालुवाटारमा जारी

आश्विन १३ २०७९, बिहीबार

काठमाडौं । समानुपातिकतर्फको विवाद मिलाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसिरहेको छ ।

शेखर कोइराला पक्षले समानुपनतिक सूची नसच्चाए बिद्रोह गर्ने चेतावनी दिएपछि देउवा समानुपातिक सूची सच्याउन तयार भएका हुन् । कोइराला पक्षले आफूहरुलाई कम महत्व दिएको र समानुपातिक सूचीमा एकलौटी गरेको भन्दै एक सातादेखि दबाबमुलक कार्यक्रम गर्दै आएका थिए ।

आयोगले कांग्रेसलाई लागि समानुपातिक सूची सच्याउने समय शुक्रबारसम्म दिएको छ। सूची सच्याउनका देउवाले तीन दिनदेखि निरन्तर बैठक राख्दै आएका छन्।