काडमाडौं । सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन् । सहमति भए अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चित छ । काङ्ग्रेसले ८५ सिट लिएको छ । राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ ।
बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो । अब प्रदेश १ को खोटाङ, बागमती प्रदेशको धादिङ- १, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निणर्य हुन बाँकी छ । माओवादी केन्द्रले उपत्यकामा काठमाडौं २ र ९ लिने सहमति भएको छ । यस्तै माओवादीले ललितपुर ३ पनि लिनेछ । प्रदेश १ मा माओवादीले ८ सिट पाएको छ । झापा १ छोडेर माओवादीले २ र ५ लिएको छ ।
सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले ८५ वा ८६ सिटमा सहमति जनाउने भएको छ । जस अनुसार प्रदेश १ मा पाँचथर, इलाम-२, झापा-१, झापा-३, झापा-४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १, २, ३ र ६, सुनसरी-२, ३ र ४, ओखलढुंगा, उदयपुर-१ लिनेगरी सहमति भएको छ । मधेश प्रदेशमा कांग्रेसले सप्तरी-३, सप्तरी-४, सिराहा-१ र २, धनुषा २, ३ र ४, महोत्तरी-२ र ३, सर्लाही-४, बारा-१, पर्सा-३ र ४ लिने भएको छ ।
त्यस्तै, बागमती प्रदेशमा दोलखा वा रामेछाप-१, सिन्धुली-१, रसुवा, धादिङ-२, काठमाडौं-१, ३, ४, ५, ६, १०, भक्तपुर- १ र २, ललितपुर-१, काभ्रे-१, सिन्धुपाल्चोक-२, मकवानपुर-१, चितवन-१ र २ लिने भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा गोरखा-१, मनाङ, कास्की, तनहुँ-१ र २, स्याङ्जा-१ र २, नवलपरासी पूर्व-१ र २, मुस्ताङ, म्याग्दी, पर्वत लिने सहमति गरेको छ ।
लुम्बिनी प्रदेशमा गुल्मी-१, पाल्पा-१, अर्घाखाँची, रुपन्देही ३, ४ र ५, कपिलवस्तु २ र ३, दाङ ३, बाँके ३, बर्दिया-१, नवलपरासी पश्चिम २ लिने भएको छ । त्यस्तै, कणर्ाली प्रदेशमा मुगु, दैलेख-१ र २, सुर्खेत १ र २ कांग्रेसले लिने भएको छ । सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम, कैलाली १, ४ र ५, दार्चुला, डडेल्धुरा, कंचनपुर-२ र ३ लिने भएको छ ।
सहमति अनुसार माओवादी केन्द्रले प्रदेश १ मा ताप्लेजुङ, झापा-२, झापा-५, भोजपुर, मोरङ-४, मोरङ-५, सोलुखुम्बु, खोटाङ, उदयपुर-२ लिने भएको छ । यसमध्ये खोटाङमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको स्रोतले दाबी गरेको छ ।
प्रदेश २ मा सिराह-३, धनुषा-१, महोत्तरी-१, सर्लाही-२, सर्लाही-३ लिने भएको छ । सर्लाही-२ मा जसपाले पनि दाबी गरेको छ । बागमती प्रदेशमा दोलखा वा रामेछाप-१ मध्ये एक लिने बताइएको छ । त्यस्तै, सिन्धुली-२, नुवाकोट-१, धादिङ-१, काठमाडौं-२, काठमाडौं-९, काभ्रे-१, सिन्धुपाल्चोक-१ र चितवन-३ माओवादीले लिने भएको छ ।
त्यस्तै, गण्डकी प्रदेशमा गोरखा-२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ-२ लिने सहमति भएको छ । लुम्बिनी प्रदेशमा रुपन्देही-१, कपीलवस्तु-१, रुकुम पूर्व, रोल्पा, दाङ-२, बाँके-१, बर्दिया-२, नवलपरासी पश्चिम-१ माओवादीले लिने भएको छ । जसमा रुपन्देही १ र नवलरासी पश्चिम-१ मा नेपाली कांग्रसले पनि दाबी राखेको छ ।
कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ । सल्यानमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको छ । त्यस्तै, सुदूरपश्चिममा अछाम-१, कैलाली-२, कैलाली-३, बैतडी, कंचनपुर-१ लिने भएको छ ।
एकीकृत समाजवादीले १७ सिटमा दाबी गरेको छ । जसमध्ये इलाम-१, रौतहट-१, बारा-४, धादिङ-१, काठमाडौं-८, ललितपुर-२, मकवानपुर-२, कास्की-२, गुल्मी-४, पाल्पा-२, रुपन्देही-२, दाङ-१, डोल्पा, दैलेख-१, अछाम-१, बझाङ र डोटीमा समाजवादीले लिने भएको छ ।
डोल्पा र अछाम-१ मा भने माओवादीको पनि दाबी रहेको छ । जसपाले १६ सिट लिनेगरी सहमति भएको स्रोतले जानकारी दिएको छ । जस अनुसार सुनसरी-१, सप्तरी-१, सिराहा-४, धनुषा-३, महोत्तरी-३ र ४, सर्लाही-१, रौतहट-३, बारा-३, पर्सा-१ र २, काठमाडौं-७, बाँके-२, रुपन्देही-१ र सप्तरी-२ लिनेगरी सहमति भएको छ ।
जसमध्ये धनुषा-३ र महोत्तरी ३ मा नेपाली कांग्रेसको पनि दाबी छ । त्यस्तै रुपन्देही ३ मा माओवादी केन्द्रको दाबी छ । राष्ट्रिय जनमोर्चाले भने बागलुङ-१ र प्यूठान लिने भएको छ ।