• बैशाख २७ २०८३, आईतवार

ओलीले समानुपातिकमा एकलौटी गरेपछि पूर्वमाओवादी नेताहरु असन्तुष्ट

आश्विन १२ २०७९, बुधबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा समानुपातिक लिष्ट तयार बनाएकोमा पूर्व माओवादी समूहहरु असन्तुष्ट बनेका छन् । रामबहादुर थापा बादल बाहेकका पूर्व माओ‌वादी नेताहरु समानुपातिक सूचीमा असन्तुष्ट छन् ।

‘केपी कमरेडले हामीसँग कुनै परामर्श नगरी एकल निर्णयमा समानुपातिक सूची तयार गर्नुभयो त्यसमा हाम्रो असहमति छ,’ पूर्व माओवादी नेताले भने, ‘प्रत्यक्षमा नसमेटेका नेतालाई समानुपातिकमा समेट्नुपर्छ भन्ने हाम्रो भनाइ हो, यदि नसमेटिएमा विद्रोह पनि हुन सक्छ ।’ पार्टीका को-को नेतालाई समानुपातिकमा राख्नुभयो थाहा छैन’ ती नेताले भने, ‘निर्वाचन आयोगले नाम सार्वजनिक नगर्दा सम्म थाहा नहुने भयो । अहिलेसम्म केही थाहा छैन ।’

राष्ट्रिय सभा सदस्य रामबहादुर थापा सहित प्रतिनिधि सभामा चार जनाले एमालेलाई समर्थन गरेका थिए । यस्तै सातै प्रदेशबाट १४ जना प्रदेश सभा सदस्य एमाले प्रवेश गरेका थिए । ति प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रत्यक्ष वा समानुपातिक जसरी भएपनि सांसद बनाउने ओलीले बचन दिएका छन् । ति सबैले आयोगको फाइनल लिष्ट पर्खेर बसेका छन् । एमाले महाधिवेशनमा माओवादीबाट एमाले प्रवेश गरेका ३२ जनालाई केन्द्रीय समितिमा समेटिएको थियो ।