• बैशाख २७ २०८३, आईतवार

समानुपातिक बन्द सूची सच्याउन माग गर्दै सानेपामा शेखर पक्षको धर्ना

आश्विन १२ २०७९, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ।

आगामी मंसिर ४ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची सच्याउनुपर्ने माग गर्दै धर्ना दिएका हुन् । संस्थापन पक्षले एकपक्षीय रुपमा सुची बुझाएको शेखर पक्षको आरोप छ ।

छुट्टै बैठक,भेला गरिरहेको शेखर पक्षले बुधबारदेखि धर्ना नै थालेको हो। शेखर पक्षले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने अडान राखेको छ ।