• जेष्ठ ४ २०८३, सोमबार

सरकारी अस्पतालको ओपिडी टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट

आश्विन ११ २०७९, मंगलवार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरूलाई केन्द्रीय अस्पतालको ओपिडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले असोज ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै ५० प्रतिशत छुटको व्यवस्था गरेको हो ।

हालका लागि स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको हो।