काठमााडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली पदमसालस्थित गोसाइँकुण्ड सुनचाँदी पसलमा सञ्चालकलाई घाइते बनाई गहना र पैसा लुटिएको छ ।
सुनचाँदी पसलका सञ्चालकलाई कुटपिट गरेर २ तोला बराबरको सुनको गहना र ४५ हजार रुपैयाँ लुटपाट भएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले घाइते पसल सञ्चालकलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर (काठमाडौं) मा पठाएको छ।