• बैशाख २६ २०८३, शनिबार

सिट बाँडफाँटमा सत्ता गठबन्धन दलबीच रस्साकस्सी, बालुवाटारमा बैठक जारी

आश्विन ११ २०७९, मंगलवार

काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ। बैठक बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मंगलबार दिनभर छलफल गरेर टुङ्गो पुग्ने तयारी छ।कार्यदलले विभिन्न चरणमा छलफल गरेर ८० प्रतिशत सिटमा सहमति जुटाएको जनाएको छ। मधेसका केही जिल्ला र पहाडका केही क्षेत्रमा सहमति हुन बाँकी छ। २० प्रतिशत सिटमा देखिएको समस्या शीर्ष तहबाटै समाधान गर्ने भन्दै शीर्ष नेताहरु छलफलमा जुटेका हुन्।