• जेष्ठ ४ २०८३, सोमबार

सन्दीपविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

आश्विन १० २०७९, सोमबार

काठमाडौं ।  नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने एक प्रहरी अधिकारीले जानकारी दिए । नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले नोटिस जारी गरेको हो ।

सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लगाउन सकेको छैन ।