• जेष्ठ ४ २०८३, सोमबार

चुरोट खैनी लगायत सुर्तिजन्य पदार्थको बट्टामा ९० प्रतिशत चेतनामूलक सन्देश अनिवार्य छाप्नुपर्ने

आश्विन १० २०७९, सोमबार

काठमाडौं । सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र छाप्नुपर्ने अनिवार्य भएको छ ।

सरकारले ‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र घातक रङ्गिन चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशका २०७१’ र सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०७६ दुवै कानुनमा ९० प्रतिशत भागमा चेतनामूलक र सन्देशमुलक सामग्री राख्ने उल्लेख छ ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०७६ को दफा ९ मा उत्पादकले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट तथा पार्सलको प्याकेन
जिङ र लेबलको बाहिर कूल भागमध्ये कम्तिमा ९० प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्नेजस्ता व्यहोराको मन्त्रालयले तोके बमोजिम चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रङ्गिन चित्र प्रस्ट रुपमा बुझ्ने र देख्नेगरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नुपर्ने उल्लेख छ ।

चुरोटको बट्टा, प्याकेटमा मुख्य भागमा ७० प्रतिशत चित्र र २० प्रतिशत चेतनामूलक सन्देश राख्ने निर्देशिकामा उल्लेख गरिएको थियो । तर उत्पादक कम्पनीले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ अनुसार नै बट्टामा ७५ प्रतिशत मात्र चेतनामूलक र घातक रङ्गिन चित्र राखी पछिल्लो निर्देशिका र ऐनअनुसार ९० प्रतिशत चेतनामूलक र घातक चित्र राखेका थिएनन् । सर्वोच्च अदालतले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०७६ र निर्देशिका २०७१ अनुसार ९० प्रतिशत चेतनामूलक र रङ्गिन चित्र कार्यन्वयनमा आउनुपर्ने आदेश दिए पनि अब अनिवार्य रुपमा कार्यन्वयनमा जानुपर्ने भएको छ ।

सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत मात्र चेतनामूलक र घातक चित्र राखेर मानिसमा चुरोट सेवन गर्ने घटेको पाइएको थियो । एक्सन नेपालले गरेको एक अध्ययनले ५५ प्रतिशत चुरोट सेवन गर्नेमा कमी आएको बताइएको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले चुरोटको बट्टा, प्याकेटको बाहिरी भागमा ९० प्रतिशत चेतनामूलक र घातक चित्र अङ्कित भए मानिसले चुरोट सेवनमा कमी आउने बताए ।