काठमाडौं । गैंडाको खागसहित काठमाडौंको गोंगबु बसपार्क क्षेत्रबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक पुरुष र एक महिला छन् । पक्राउ परेकाहरुको विवरण प्रहरीले खुलाएको छैन ।
प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी अंगुर जिसीको कमाण्डमा खटिएको टोलीले खागसहित आइतबार बिहान ११ बजे दुई जनालाई पक्राउ गरेको हो। उनीहरुलाई थप अनुसन्धानको काम भइरहेका प्रहरीले जनाएको छ ।
टोखा नगरपालिका–९ बसपार्कस्थित न्यू रुकुमेली गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको हो।