काठमाडौं । पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल एमाले प्रवेश गरेका छन् । हमाललाई एमाले मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि झन्डै ७ वर्ष बिताएको बताउने उनले एमाले नै राजनीतिक शक्ति रहेको महशुस गरेर प्रवेश गरेको बताए ।
उनले भने– ‘राजनीतिको तेस्रो ध्रुव बनाउन थुप्रै प्रयास गरियो, तर झन नेपाली राजनीति दुई ध्रुवमै केन्द्रीकृत भइरहेको महसुस भयो ।
एउटा ध्रुव समातेर अगाडि जाने विकल्पको रोजाइमा एमाले परेकोले पार्टी प्रवेश गरेको हुँ ।’ पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायतका नेता उपस्थिति थिए ।