• बैशाख २६ २०८३, शनिबार

ओलीकै कारण एक घण्टा ढिलो गुड्यो नेपालको रेल

आश्विन ८ २०७९, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण नेपालको रेल एक घण्टा ढिलो गुडेको छ । शनिबार ओलीले महिनाथपुर स्टेशनसम्म जाने रेलको टिकट लिएका थिए ।
काठमाडौंबाट जनकपुरधाम आउने विमान ढिलो भएका कारण ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको थियो ।

५६ जनाले एसी र ८६ जनाले जनरलमा टिकेट काटेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । उनले रेल गुड्न ढिलो भएको स्वीकार गरे । नेताहरुको आग्रहमा ढिलो भएको भन्दै आगामी दिनमा यस प्रकारको त्रुटी नहुने उनले प्रतिबद्धता गरे ।

नेकपा एमाले धनुषा कमिटीले विदेह नगरपालिका तिनकौरिया बजारस्थित आयोजना गरेको जनसभामा सहभागी हुने ओली रेल चढेर गएका हुन् ।