काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले खबरदारी सभा शुरु गरेको छ । राजधानीको नयाँ बानेश्वरमा आयोजना गरिएको भेलाको नेतृत्व जगदिश्वर नरसिंह केसीको अगुवाइमा भएको छ ।
भेलामा संस्थापन इतर समूहका नेता शेखर कोइराला र उनको समूहबाट केन्द्रीय कार्यसमितिमा रहेका नेताहरु भने उपस्थित छैनन्। संस्थापन इतरलाई ४० प्रतिशत टिकट सुनिश्चित गर्नुपर्ने लगायतको माग छ ।