• बैशाख २६ २०८३, शनिबार

केपी ओलीलाई कालो झण्डा देखाउने जसपाका १२ कार्यकर्ता पक्राउ

आश्विन ८ २०७९, शनिबार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी (जसपा) का १२ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार उनलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा देखाइएको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन ओली जनकपुर पुगेका छन् । यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए ।