• श्रावण १० २०८३, आईतवार

काठमाडौंको यी  क्षेत्रका बासिन्दालाई डेंगी परीक्षण निःशुल्क

आश्विन ७ २०७९, शुक्रबार

काठमाडौँं ।  काठमाडौँ क्षेत्र नं.४ का बासिन्दालाई निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवाको व्यवस्था गरिएको छ ।

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शुक्रबार काठमाडौँ क्षेत्र नं.४ का बासिन्दाले निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा दिइने घोषणाको जानकारी गराएका हुन्।

‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ। तपाईँलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा  मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना,सम्पर्क नं.एसएमएस गर्नुहुन अनुरोध छ, थापाले फेसबुकमा लेखेका छन्।