• जेष्ठ ४ २०८३, सोमबार

कलाकार राजुको शव झुण्डिएको अवस्थामा फेला, अनुसन्धान जारी

आश्विन ७ २०७९, शुक्रबार

काठमाडौं । बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा फेला परेका छन् । दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्रा बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् । करिब ३५ वर्षीय महोत्रा बिहीबार साँझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए ।
महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । महोत्राकी श्रीमती पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् । महोत्रा कलाकारितासँगै विभिन्न व्यवसायमा पनि आवद्ध थिए ।