• जेष्ठ ४ २०८३, सोमबार

जङ्गी अड्डामा चारै सुरक्षा निकायका प्रमुखको छलफल

आश्विन ६ २०७९, बिहीबार

काठमाडौं ।  आज जङ्गी अड्डामा चारै सुरक्षा निकायका प्रमुख छ्लफलमा जुट्का छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्नेबारे चारै सुरक्षा निकायका प्रमुख जङ्गी अड्डामा छलफल गर्न पुगेका हुन् ।

नेपाली सेनाले जानकारी दिए अनुसार प्रधानसेनापति  प्रभुराम शर्माको निमन्त्रणामा नेपाल प्रहरी प्रमुख धिरज प्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान प्रहरी प्रमुख हुतराज बीच जङ्गी अड्‍डामा छलफल भएको हो । 

नेपाली सेनाका उच्च तहका अधिकृतहरुको समेत सहभागिता रहेको उक्त छलफल कार्यक्रममा समसामायिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थामा जोड दिइएको बताइएको छ ।