• बैशाख २६ २०८३, शनिबार

संविधानले नचिनेका मान्छेले राष्ट्रपतिको मजाक उडाउने काम गरेः एमाले अध्यक्ष ओली

आश्विन ६ २०७९, बिहीबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले नचिनेका मान्छेले राष्ट्रपतिको मजाक उडाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनले संसद बाहिर बसेर मान्छे भेला गरेर बिरोध गरेको बताए । अध्यक्ष ओलीले संविधानले नचिनेका मान्छेले राष्ट्रपतिको मजाक उडाउने काम गरेको भन्दै आक्तोश व्यक्त गरे ।

उनले राष्ट्रपतिको अपमान गर्ने काम महानता हो भनेर गठबन्धनले ठानेको तर्क गरे । नागरिकता बिधेयकका बारेमा गठबन्धन एकलौटी ढंगले अघि बढेको र एकपटक पनि राष्ट्रपतिसंग परामर्श नगरेको उनको भनाइ थियो ।