• जेष्ठ ४ २०८३, सोमबार

कपन आगलागी अपडेट: ३ जनाको मृत्यु

आश्विन ५ २०७९, बुधबार

काठमाडौ । कपनमा भएको आगलागीबाट ३ जनाको मृत्यु भएको छ ।

कपनमा गुम्बा भन्दा अलि तल बुधबार बेलुकी पौने ७ बजे भएको आगलागीमा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए ।

इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगो लागेको प्रहरीले बताएको छ भने ट्रेकिङ अफिसको अक्सिजन सिलिन्डर पड्केर आगलागी भएको जानकारी दिएको छ । आगो सुरक्षाकर्मीले निभाएका छन् भने मृतकको पहिचान खुल्न सकेको छैन ।