काठमाडौं । नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न भएको छ । जेसीजमा आवद्ध युवाहरुलाई अन्तर्निहित क्षमता विकास गरी सामाजिक, व्यवसायीक, आर्थिक, अन्तराष्ट्रिय क्षेत्रमा पहुँच बिस्तार गर्न नेपाल जेसीजले हरेक बर्ष क्षेत्र क, ख, ग र घ मा क्षेत्रगत सम्मेलन गर्ने सिलसिलमा भाद्र ३१ र असोज १ गते काठमाडौमा सम्मेलन भएको हो ।
सम्मेलनको काठमाडौ लेडि जेसीजको अतिथ्यता भएको उक्त सम्मेलनको उद्धघाटन समारोहका प्रमुख अतिथिका बाग्मती प्रदेश प्रमुख राजेन्द्र पाण्डेले युवाहरुलाई देशमै रोजगारीको अवस्था श्रृजना गर्न बाग्मती प्रदेश सरकारले बजेट बिनियोजन गरेको जानकारी दिए । त्यस्तै नेपाल जेसीज २०२२ का अध्यक्ष जेसीआई सिनेटर लालमणि भण्डारीले नेपाल जेसीजले युवाहरुलाई परिचालन गरी स्थानीय सरकार र केन्द्रीय सरकारसंग सहकार्य गरेर अघि बढन तयार रहेको बताए ।
नेपाल जेसीजका कार्यकारीणि उपाध्यक्ष तथा सम्मेलन सभापति रमा प्यकुरेलको सभापतित्वमा भएको दुइ दिने सम्मेलनमा नेपाल जेसीजको क्षेत्र ‘ग’ को साधारण सभा समेत सम्पन्न भएको छ । क्षेत्र ‘ग’ का सम्पुर्ण शाखा पदाधिकारी लगायत अन्य क्षेत्रहरुबाट समेत जेसीज पदाधिकारीको उल्लेख्य सहभागिता रहेको थियो । जसमा युवावर्गलाई लक्षित बिभिन्न कार्यशालाहरु सञ्चालन गरिएको थियो । साथै क्षेत्र ‘ग’ मा उकृष्ट कार्य गरेका शाखाहरुलाई पुरस्कार तथा सम्मान समेत गरिएको थियो । नेपाल जेसीजको राष्ट्रियस्तरको कार्यक्रम आफ्नो शाखाले सफलतापुर्वक सम्पन्न गर्न सकेकोमा गर्व लागेको काठमाडौ लेडी जेसीजका अध्यक्ष सोनी श्रेष्ठ बताए ।
त्यस्तै सम्मेलन निर्देशकका रुपमा आतिथ्य शाखा काठमाडौ जेसीजका पुर्व अध्यक्ष तथा सम्मेलन निर्देशक शारदा मानन्धर पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यबाद ज्ञापन गरे। क्षेत्र ‘ग’ को सम्मेलनको समापनसंगै यस बर्षको नेपाल जेसीजको ४ बटै क्षेत्रको भेला सम्पन्न भएको छ ।