• जेष्ठ ४ २०८३, सोमबार

नेपाल-भारत सहसचिवस्तरीय बैठक आजबाट सुरु

आश्विन ५ २०७९, बुधबार

काठमाडौं । नेपाल-भारत सहसचिवस्तरीय बैठक बुधबारबाट काठमाडौंमा सुरु भएको छ । बैठक दुई दिनसम्म चल्नेछ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाई, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ।

त्यस्तै कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोशी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुनेछ।

साथै नेपालबाट भारत बहने अन्य नदीको डुबान र कटानका समस्या, खाँडो, बाणगंगा र पश्चिम राप्ती नदीमा नयाँ उठाइएका कामहरूको स्थितिका बारेमा पनि छलफल हुने बताइएको छ ।