काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको लाँकुरी भञ्ज्याङमा पुगेका छन् ।
रिफ्रेसमेन्ट र आगामी रणनीति बनाउन भन्दै मंगलबार उनी लाँकुरी भञ्ज्याङ पुगेका हुन् ।
ओलीले मंगलबार कुनै सिरियस काम नरहेकाले रिफ्रेसमेन्टका लागि आएको एक सार्वजनिक भिडियोमा बताएका हुन् ।
श्रीमती राधिका शाक्य र सहयोगीसहित लाँकुरी भञ्ज्याङ पुगेका उनले आराम, आनन्द र कामको संयोजन गर्नेगरी आफू लाँकुरी भञ्ज्याङ पुगेको बताए ।
उनले घुम्नका लागि फुर्सद निकाल्नुपर्ने बताउँदै चाहना भए जतिसुकै व्यस्त भएपनि समय निकाल्न सकिने बताए । डाँडाबाट उपत्यकाको दृश्यावलोकन गरेका थिए ।