• जेष्ठ ४ २०८३, सोमबार

अनशनरत डा. केसी र सरकार पक्षबीचको दोस्रो  वार्ता पनि निष्कर्षविहीन

आश्विन ४ २०७९, मंगलवार

काठमाडौं  । अनशनरत डा.गोविन्द केसी पक्ष र सरकारी पक्षबीचको आज बसेको दोस्रो वार्ता पनि निष्कर्षविहीन बनेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको दोस्रो चरणको वार्ता पनि कुनै बिना निष्कर्ष  सकिएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि भनेर विभिन्न सात बुँदे माग राखेर ९ दिनदेखि धनगढीमा  अनशनरत डा. केसीसंगको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाहरूबारेमा भने सकारात्मक छलफल भएको छ ।

यसअघि दुई पक्षबीच हिजो पहिलो चरणको वार्ता भएको थियो ।