• जेष्ठ ४ २०८३, सोमबार

गोठाटार गोली काण्ड: घाइते भएका मोहम्मदको मृत्यु

आश्विन ३ २०७९, सोमबार

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली लागेर घाइते भएका लाल मोहम्मद घाइते भएका हुन् ।

तीन गोली लागेका सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय मोहम्म्दको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी गार्मेन्ट सञ्चालक रहेको बताइएको छ ।

सोमबार बेलुका कागेश्वर मनरहरा नगरपालिका-८ गोठाटारमा अज्ञात समूहले गोली चलाउँदा उनको शरीरका दायाँ हातमा एक राउण्ड, टाउकोमा २ राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुका अनुसार रातो सर्ट लगाएर आएका व्यक्तिले गोली प्रहार गरेर फरार भएका छन् । गोली हानेर फरार हुने व्यक्ति पल्सर बाइकमा सवार रहेको खुलेको छ । पल्सर मोटरसाइकलमा आएर ४ राउण्ड गोली हानेर फरार भएको प्रहरीले जनाएको छ । अहिले उनीहरुको खोजी कार्य तीव्र पारेको छ । उनीहरुलाई खोज्नका लागि उपत्यका सबै नाकाहरु सिल गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।