• श्रावण १२ २०८३, मंगलवार

‘एक जिल्ला, एक बहिरा विद्यालय’ को व्यवस्था गर्न माग

आश्विन ३ २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय बहिरा महासङ्घ नेपालले ‘एक जिल्ला, एक बहिरा विद्यालय’ को व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

महासङ्घले आयोजना गरेको ‘शिक्षामा साङ्केतिक भाषाको महत्व’ विषयक अन्तरक्रियामा अध्यक्ष केपी अधिकारीले सरकारले साङ्केतिक भाषालाई अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिदै साङ्केतिक भाषालाई राष्ट्रिय भाषाका रूपमा मान्यता दिनुपर्ने माग गरेको छ ।

महासङ्घले बहिरा नागरिकलाई गुणस्तरीय शिक्षाका लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’ को व्यवस्था गर्नुपर्ने, साङ्केतिक भाषाका शब्दहरु चार हजार सात सय मात्रै रहेकाले साङ्केतिक भाषाको विकास गर्न साङ्केतिक भाषा अनुसन्धान केन्द्रको स्थापना गर्नुपर्ने र त्यसका लागि सात सय ५३ वटै स्थानीय तहमा दोभाषेको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।

अध्यक्ष अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै हरेक सार्वजनिक कार्यालयमा दोभाषेको व्यवस्था गर्नुपर्ने र त्यसका लागि दोभाषे उत्पादन गर्न तालिम केन्द्रको स्थापना गर्नुपर्ने तथा बहिरा नागरिकको सीप, क्षमता र आवश्यकताका आधारमा रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।