काठमाडौं । महाअभियोगको सिफारिस पछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अब सर्वोच्च फर्कने एक मात्रै विकल्प महाभियोग निष्क्रिय भएकाले सर्वोच्च फर्केर काम गर्न पाउनुपर्ने माग गर्दै रिट दायर गर्ने विकल्प मात्रै बाँकी रहेको छ ।
महाअभियोग सिफारिस समितिले गत शनिबार सभामुखलाई महाअभियोग लगाउनुपर्ने प्रतिवेदन बुझाएसँगै संसद नभएको अबस्थामा के हुने भन्ने विषय टुङ्गो नलागेकाले राणा सर्वोच्च जान सकेका छैनन् । शनिबार पुरक प्रश्नको उत्तर दिएपछि सर्वोच्च प्रशासनलाई आफू अदालत हाजिर हुने जानकारी गरेसँगै सरकारले राणालाई घरमै ‘नजरबन्द’ बनाएको थियो । अब उनले प्रतिनिधि सभाको कार्यकाल नै समाप्त भएकाले आफूविरुद्ध दायर भएको महाभियोग निष्क्रिय भएकाले सर्वोच्च फर्केर काम गर्न पाउनुपर्ने मागसहित उनी रिट लिएर जान सक्छन्।
रिटमा प्रतिनिधि सभामा पुगेको महाभियोग निष्क्रिय भएकाले काममा फर्कन दिनू भनेर अन्तरिम आदेश माग गर्नुपर्ने देखिन्छ। यदि उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेका राणा सर्वोच्च फर्कन पाउनेछन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग पनि सर्वोच्चले नै निष्क्रिय पारेको थियो। राणा स्वयमले कार्कीविरुद्ध दायर भएको महाभियोग कार्यान्वयन नगर्नू भनि अन्तरिम आदेश जारी गरेका थिए। राणाको अन्तरिम आदेशपछि कार्की सर्वोच्च फर्केकी थिइन्।