• बैशाख २६ २०८३, शनिबार

सत्तापक्ष आफैंले खनेको खाल्डोमा आफैं परेर चोलेन्द्रलाई सफाइ दियो – ओली

आश्विन २ २०७९, आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्ष आफैंले खनेको खाल्डोमा आफैं परेर चोलेन्द्रलाई सफाइ दिएको बताएका छन् ।

एमाले सचिवालयको बैठक पछि आज सञ्चारकर्मीसँग आफ्नै निवास बालकोटमा कुरा गर्दै गठबन्धनले जबरालाई महाभियोग प्रस्तावमा बिलम्ब गरेर सफाइ दिएको बताउदै भने- ,“लोकतन्त्रमा संबिधान र कानुन हुन्छ ,लोकतन्त्रका बिधि पद्धति हुन्छन्, त्यसको पालना सबैले गर्नुपर्छ ।”

प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावलाई सत्तारूढ गठबन्धनले गणितीय खेल र षड्यन्त्र बनाएको र यो दुःखको कुरा भएको ओलीले बताए । ‘अहिलेको सरकारले प्रधानन्यायाधीशलाई त घेर्छ भने संसदका कर्मचारीलाई के गर्छ ? भनेर प्रश्न गर्दै संसद सचिवालयले संसदको अवधिभरिमा महाभियोगको विषय टुंगो लगाउन सकेन भने सर्वोच्च अदालतलाई पत्र लेख्नुपर्ने बताए ।