• जेष्ठ ४ २०८३, सोमबार

टुकुचा खोलामाथि बनेका संरचना तत्काल नभत्काउन उच्च अदालतको आदेश

आश्विन २ २०७९, आईतवार

काठमाडौ । उच्च अदालत पाटनले टुकुचा खोलाको सुरुङमाथि बनेका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले रित पुर्‍याएर संरचना बनाएकाले उचित मुआब्जा नदिई संरचनाहरू हटाउन नमिल्ने निष्कर्ष निकालेको छ ।

अन्तरिम आदेशको छलफलका लागि अदालतले दुवै पक्षलाई बुधबार बोलाएको छ ।