• बैशाख २६ २०८३, शनिबार

चोलेन्द्रले सर्वोच्च फर्कन्छु भनेर मज्जाक गरे: बार अध्यक्ष घिमिरे

आश्विन २ २०७९, आईतवार

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भन्नु मज्जाक मात्रै भएको बताएका छन् ।

उनले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताए । अध्यक्ष घिमिरेले भने, ‘मलाई के लाग्दछ भने अब फेरि उहाँ फर्केर आउने भन्ने कुरा रहँदैन। यो केवल अदालतमाथि मजाक भइराखेको छ। सांसदहरूको कार्यकाल सकिएको हो, संसद सकिएको होइन। संसद सकियो भन्ने तर्क गरिँदैछ, त्यो गलत हो। संसद अवछिन्न उत्तराधिकारवाला संस्था हो, त्यसैले गर्दा संसद सकिँदैन ।’