• बैशाख २६ २०८३, शनिबार

चोलेन्द्र सर्वोच्च फर्कने हल्लाकाबीच तोकियो १० वटा इजलास, सुनुवाइ शुरु

आश्विन २ २०७९, आईतवार

काठमाडौं । सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा फर्कने हल्लासँगै अदालतमा आज कामुप्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा १० वटा इजलास गठन भएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पूर्ण इजलास र ९ वटा संयुक्त इजलासमा पेसी तोकिएको हो। गोलाप्रथाबाट ३२० मुद्दामा पेसी तोकिएको छ।

न्यायाधीशहरुले इजलासमा सुनुवाई शुरु गरिसकेका छन् । शनिबार नै राणा फर्कने हल्ला चलेकाले न्यायाधीशहरुले आन्तरिक सल्लाह पनि गरेका थिए। आइतबार बिहान नेपाल बारले पनि आकस्मिक बैठक बसेर राणा आएमा आफूहरुले प्रवेश गर्न नदिने बताएको थियो।