• बैशाख २६ २०८३, शनिबार

नेपाल प्रहरीले चोलेन्द्रशमशेर जबराको निवासको गेटमै साँचो हालिदियो !

आश्विन २ २०७९, आईतवार

काठमाडौं । नेपाल प्रहरीले चोलेन्द्रशमशेर जबराको निवासको गेटमै साँचो हालिदिएको छ । निलम्बित सर्वोच्चका प्रधानन्यायाधीश जबरा आजबाट सर्वोच्च अदालत जाने तयारीमा थिए ।

आफूमाथि महाअभियोग लगाउने संसदको कार्यकाल नै सकिएको भन्दै मुद्धा स्वत निस्क्रिय भएको दावी चोलेन्द्रको छ । उनले शनिबार साँझ नै सवोच्च प्रशासनलाई टेलिफोन गरि आफू आईतबारबाट नियमित रुपमाले उपस्थित हुने बताएका जानकारी दिएका थिए ।

उनी आईतबार ११ बजे सर्वोच्च जाने तयारीमा थिए । तर उनलाई प्रहरीले घरबाट निस्कनै दिएन ।

‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो,’ उनले भने ।

चोलेन्द्रको निवास बाहिरा प्रहरीसमेत मनग्ये परिचालन गरिएका छन् । संसदको कार्यकाल शनिबार साँझदेखि सकिएको छ । चोलेन्द्र सर्वोच्च जाने खबर पाएलगत्तै उनलाई प्रवेश नदिन गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

चोलेन्द्रको सर्वोच्च प्रवेश गर्ने अभिव्यक्तिलाई नेपाल बार एसोसिएसनले बिरोध गरेको छ । चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक लागाउनेसमेत बारले बताइसकेको छ ।