• बैशाख २६ २०८३, शनिबार

एमालेले समानुपातिक उम्मेदवारको टुङ्गो भोलि लगाउने

आश्विन १ २०७९, शनिबार

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि  समानुपातिकतर्फका उम्मेदवारबारे भोलि (आइतबार) टुङ्गो लगाउने भएको छ ।

शनिबार अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक सूचीमा राख्ने नामहरूबारे सामान्य जनाकारी गराएका थिए ।

एमाले उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले समानुपातिक सूचीबारे कानुनी प्रक्रिया र सङ्ख्याबारे सामान्य जानकारी गराएको बताए । उनले  भोलि बस्ने बैठकमार्फत टुङ्गोमा पुग्ने जानकारी दिए ।