• बैशाख २६ २०८३, शनिबार

टीकापुर घटनाका आरोपी रेशम चौधरीको मुद्दा फिर्ता लिइने

आश्विन १ २०७९, शनिबार

काठमाडौं ।  सरकारले टीकापुर घटनाका आरोपी रेशम चौधरीको मुद्दा फिर्ता लिन सैद्धान्तिक सहमति गरेको छ।

थारु कल्याणकारी सभाले रेशम चौधरीको मुद्दामा अन्याय भएको भनी केपी ओली प्रधानमन्त्री र रामबहादुर थापा बादल गृहमन्त्री भएको बेला गरेका ६ बुँदे सहमतिलाई पनि शेरबहादुर देउवा सरकारले आदर गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले गत भदौ २७ गते कानुनसँग अन्तरविरोध देखिएका मुद्दामा कानुनी व्यवस्था वा संशोधनमार्फत मुद्दा खारेजी गर्ने, टीकापुर घटनाका आरोपी तथा दोषीहरुबिरुद्ध कानुन संशोधनमार्फत मुद्दा खारेजीको निर्णय तथा राजनीतिक निर्णयमार्फत अर्धन्यायिक प्रकृतिका प्रशासनिक मुद्दाहरूलाई छिटो फर्स्यौट गर्ने निर्णय गरेको हो।

सरकारको पछिल्लो निर्णयले रेशम चौधरीको मुद्दा लिए सजायमुक्त हुनेछन् ।