• बैशाख २६ २०८३, शनिबार

नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोलन गर्ने लोसपाको चेतावनी

आश्विन १ २०७९, शनिबार

काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले  नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै लोसपा अध्यक्ष महन्थ ठाकुरले संघीय संसदको दुबै सदनबाट पारित भई राष्ट्रपति पक्ष पेश भई सकेको विधेयक असोज ४ गतेसम्म प्रमाणीकरण नभएमा संघर्षमा जाने बताएका हुन् ।

नागरिकता विधेयक पारित नभएमा राष्ट्रियता, लोकतन्त्र, मानव अधिकार, नागरिक रक्षार्थ लोसपा संघर्षमा जाने बताएका हुन् ।