• जेष्ठ ४ २०८३, सोमबार

हात्तीसार क्षेत्रको टुकुचा खोला उत्खननको काम सुरु

आश्विन १ २०७९, शनिबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रको लक्ष्मी बैंक नजिकै टुकुचा खोला उत्खननको काम सुरु गरेको छ । शनिबार महानगरपालिकाले डोजर लगाएर टुकुचा खोला उत्खननको काम सुरु गरेको हो ।

केही दिनअघि महानगरपालिकाले जय नेपाल हल परिसर भत्काएर टुकुचा खोला उत्खननको काम सुरु गरेको थियो । महानगरपालिकाले टुकुचा खोलामा अवैध रुपमा निर्माण भएका संरचना भत्काएर करिडोर निर्माण गर्ने अभियान थालेको छ ।