झापा । झापामा एक जना वृद्ध व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् ।
ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बिहान पक्राउ गरेको छ ।
पौडेलले १७ वर्षीया र ११ वर्षीया दुई बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । विभिन्न पटक–पटक बलात्कार गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।