• जेष्ठ ४ २०८३, सोमबार

बिहान ११:५१ बजे दशैं टीकाको उत्तम साइत

भाद्र ३१ २०७९, शुक्रबार

काठमाडौं । असोज १९ गते बुधबार बिहान ११:५१ बजे यस वर्ष विजयादशमीको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा पूर्वी मोहडा गरेर टीका लगाउन सकिने समितिले जनाएको छ।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।