• जेष्ठ ४ २०८३, सोमबार

डिमाण्ड आयो भन्दैमा स्वीकृत नगर्न श्रममन्त्री कुँवरको आग्रह

भाद्र ३० २०७९, बिहीबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले डिमाण्ड आयो भन्दैमा स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई आग्रह गरेका छन् ।

बिहीबार ९ वटा देशका श्रम सहचारी र काउन्सिलरसँग मन्त्रालयमा भएको भर्चुअल बैठकमा बोल्दै उनले कुनै पनि देशले दिने डिमाण्ड जस्ताको त्यस्तै स्वीकृत नगर्न आग्रह गरेका हुन् ।

मन्त्री कुँवरले डिमाण्ड ल्याएर आएपछि राम्रोसँग बुझेर देश र श्रमिकको हित हुने खालको छ भने मात्रै स्वीकृत दिनुपर्ने बताउदै कसैको दबाब र धम्कीको आधारमा डिमाण्ड स्वीकृत नगर्न उनीहरूलाई आग्रह गरे ।

मन्त्री कुँवरले श्रम सहचारी र काउन्सिलरलाई देशको प्रतिनिधित्व गर्न सरकारले पठाएकाले आफ्नो भूमिका अनुसार काम गर्न निर्देशन दिदैं डर, धम्की दिने व्यवसायीहरूसँग आफूले कुराकानी गर्ने बताए ।