काठमाडौं । परराष्ट्र मन्त्रालयले अग्निपथ योजनाबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ ।
भारतको सैन्य भर्ती योजना अग्निपथबारे बिहीबार नियमित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले तत्काल निर्णय हुने सम्भावना नभएको बताउदै आगामी निर्वाचनपछि बन्ने सरकारले निर्णय गर्ने बताएकी हुन् ।
प्रवक्ता लम्सालले अग्निपथमा सहभागी हुने वा नहुने बारे राष्ट्रिय सहमति पनि आवश्यक पर्ने भएकाले तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् ।
भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजेकोप्रति नेपालले कुनै निर्णय गरेको छैन ।