काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बेलायतका नयाँ राजा चार्ल्स तृतीयलाई बधाई सन्देश पठाएका छन् ।
अध्यक्ष ओलीले सन्देशमा राजा चार्ल्सको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । उनले नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र बेलायतसँगको सुमधुर सम्बन्ध राजा चार्ल्सको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
बिहीबार नेपालस्थित बेलायती राजदूतावासमा पुगेर एमालेका उपाध्यक्ष सुवास नेम्वाङ नेतृत्वको टोलीले पार्टी अध्यक्ष ओलीको सन्देश नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटलाई हस्तान्तरण गरेका थिए ।
टोलीमा एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा.राजन भट्टराई, कृष्ण केसी, डा.अन्जान शाक्य र लक्की शेर्पा सहभागी थिए ।