• जेष्ठ ४ २०८३, सोमबार

डेङ्गु नियन्त्रणका लागि कीटनाशक औषधि छर्नन आग्रह

भाद्र ३० २०७९, बिहीबार

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले डेङ्गु रोगको नियन्त्रण र उपचारका लागि कीटनाशक औषधि छर्कन आग्रह गरेका छन् ।

सांसदहरुले मिटरब्याजीको समस्या समाधानका लागि भएका पहलबारे जानकारी माग गरेका थिए ।

साथै उनीहरूले मन्त्रीले कार्यकक्षमा जाँदा सांसदहरुलाई उचित समय नदिएको भन्दै सवारी दुर्घटना रोकथाम गर्न र दार्चुलाका बाढी प्रभावितलाई राहत र क्षतिपूर्ति दिनसमेत माग गरेका थिए ।

शून्य समयमा सांसदहरू उदयबहादुर बोहरा, गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई, भुवनबहादुर सुनार, मदनकुमारी साह (गरिमा), राजेन्द्रलक्ष्मी गैह्रे र सुरेशकुमार आलेमगरले बोलेका थिए ।