• बैशाख २६ २०८३, शनिबार

मैले सम्मानपूर्वक प्रचण्डलाई पार्टी एकताका लागि अंगालो हाले, उनले छुरी रोपे: एमाले अध्यक्ष ओली

भाद्र ३० २०७९, बिहीबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एकताका लागि सम्मानपूर्वक अंगालो हाल्दा उनले छुरी रोपेको आरोप लगाएका छन् ।

ललितपुरको च्यासलमा विहिवार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । ओलीले प्रचण्डलाई आफुले सम्मानपूर्वक आफ्नै सिट छेउमा राखेपनि उनले ग्वाम्मै छुरी रोपेको टिप्पणी गरे ।

ओलीले आफुले प्रचण्डको हात समाए पनि उनले लुकाउने गरेको स्मरण गरे । भने– ‘प्रचण्डलाई मैले मान सम्मानपूर्वक मेरो छेउमा राखेको थिएँ । एकतावद्ध भएर जाऔं भनेर मैले हात मिलाएको मात्रै होइन, अंगालो हालेको थिएँ । तर प्रचण्ड हात लुकाइलुकाइ हिँड्थे, म अलिअलि होसियार त थिएँ । नभन्दै मैले अँगालो मार्ने प्रचण्डले ग्वाम्मै छुरी रोपे ।’