• जेष्ठ ३ २०८३, आईतवार

बाल प्रज्ञा-प्रतिष्ठान स्थापना गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

भाद्र २९ २०७९, बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाल प्रज्ञा-प्रतिष्ठान स्थापना गर्नुपर्नेमा जोड दिएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासका ५८ औँ राष्ट्रिय बाल दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले बालसाहित्यको जगेर्ना गर्नका लागि बाल साहित्यसम्बन्धी छुट्टै बाल प्रज्ञा-प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।

नेपाल बाल सङ्गठनलगायत बालबालिकाका क्षेत्रमा काम गर्नेसँग छलफल भइरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले बाल प्रज्ञा-प्रतिष्ठान स्थापनका लागि आफ्नो कार्यक्षेत्रअनुसार बालबालिकाको क्षमता अभिवृद्धिमा सबैले ध्यान दिनुपर्ने बताइन् ।