दार्चुला । दार्चुला बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको शव । गत भदौ २४ गते शुक्रबार गएको पहिरोमा परेर हराएका १० जनाको अवस्था अझै अज्ञात छ ।
बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी राखेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अहिलेसम्म बेपत्ता कसैको पनि शव नभेटिएको बताए ।