• जेष्ठ ३ २०८३, आईतवार

महानगरको डोजरले बालाजुका टहरा, बार्दली र पाली भत्कायो

भाद्र २९ २०७९, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु क्षेत्रमा डोजर चलाएको छ । सरकारी जग्गामा बनाइएका अवैध संरचनामा महानगरले डोजर चलाएको हो ।

महानगरको अल्टिमेटम अटेर गर्ने व्यापारीहरूले बनाएका अवैध संरचनामा डोजर चलाइएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

उनका अनुसार अवैध टहरा, आगन, पाली, बार्दली भत्काइएको हो । महानगरले यसअघि आजै सोह्रखुट्टे क्षेत्रमा पनि डोजर चलाएको थियो ।