• बैशाख २६ २०८३, शनिबार

चोलेन्द्रमाथिको महाअभियोग नयाँ संसदले टु‌ङ्गो लगाउनुपर्छ- पूर्वन्यायाधीश समाज

भाद्र २९ २०७९, बुधबार

काठमाडौं । पूर्वन्यायाधीश समाजले संसदको कार्यकाल सकिए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग नयाँ प्रतिनिधिसभाले स्वीकार गरेर टुंगोमा पुर्याउनुपर्ने बताएको छ ।

पूर्व न्यायाधीश समाजले बुधबार पत्रकार सम्मेलन गरी जबरा सर्वोच्चमा फर्किन नमिल्ने बताएको छ । समाजका अध्यक्ष टोपबहादुर सिंहले भनेका छन्, ‘यो निष्क्रिय हुँदैन, आगामी संसदले टेक ओभर गर्नुपर्छ । उहाँले निर्दोष वा दोषी के हो प्रमाणित हुनुपर्छ ।’

चुनावपछि आउने नयाँ प्रतिनिधिसभाले पनि यो महाअभियोगलाई स्वीकार गरेर जबरा दोषी हो वा निर्दोष हो भन्ने टुंगो गर्नुपर्ने समाजले बताएको छ ।