काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले नयाँ संसदमा बायोमेट्रिक हाजिर प्रणाली राख्न माग गरेका छन् ।
बुधबारको संसद बैठकको शून्य समयमा बोल्दै प्रधानले हाजिर गर्ने तर बैठकमा नबसेर भत्ता पचाउने आरोप बारम्बार लागेको भन्दै बायोमेट्रिक हाजिर प्रणाली राख्नुपर्ने माग गरेक हुन् ।
‘नियमित संसद बैठकमा आउने सांसद र हाजिर गरेर बैठकमा नबस्ने सांसदलाई एउटै डालोमा राखेर टीकाटिप्पणी भएका छन् । अर्को संसदमा बायोमेट्रिक हाजिर प्रणाली राख्न म माग गर्छु,’ प्रधानले भने ।
सांसदहरू आउने तर हाजिरी गरेपछि हिँडिहाल्ने कारणले कोरम नपुगेर पटक–पटक संसद बैठक स्थगित भएका छन् ।