• बैशाख २६ २०८३, शनिबार

चोलेन्द्रले सर्वोच्चका तीन न्यायाधीशलाई लगाए अनैतिक चरित्रदेखि मतियारसम्मको गम्भीर आरोप

भाद्र २९ २०७९, बुधबार

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सर्वोच्चका आफ्नै सहकर्मी न्यायाधीशहरुलाई अनैतिक चरित्र भएको देखि मतियार सम्मको आरोप लगाएका छन् । संसदको महाअभियोग समितिमा बयानका क्रममा उनले सर्वोच्चका बहालवाला तीन न्यायाधीशलाई गम्भीर आरोप लगाएका हुन् ।

जबराले हाल कामु प्रधानन्यायाधीश दीपक कार्कीलाई मतियार भनि आरोप लगाएका छन् । प्रधानन्यायाधीश बन्ने उनको चरम महत्वाकांक्षालाई गठबन्धनले आफ्नो पक्षमा प्रयोग गरेको राणाको भनाइ छ । उक्त फैसला गर्दा आफू एक्लै परेको कारण पनि त्यही नै रहेको उनले बताएका छन् ।

यसबाहेक भवन निर्माणमा भ्रष्टाचारको आरोप पनि आफ्नो बहिर्गमनका लागि कार्कीले नै उपयोग गरेको अस्त्र रहेको जबराको बयान छ । उनले आफू पूर्ण कार्यकाल प्रधानन्यायाधीश हुँदा कार्की खान नपाउने भएकाले आफूविरुद्ध लागेको बताएका छन् ।

यस्तै सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीशहरूमाथि पनि प्रधानन्यायाधीश जबराले आरोप लगाएका छन् । जसमा हरिकृष्ण कार्कीलाई दोहोरो चरित्रको र संविधानविपरित न्यायपरिषद्को बैठकमा बसेको पात्रका रुपमा रहेको भन्दै टिप्पणी गरेका छन् ।

यस्तै अर्का प्रधानन्यायाधीशको रोलक्रममा रहेका प्रकाशमानसिंह रावतको चरित्र अनैतिक रहेको र श्रीमातीलाई जवरजस्ती डिभोर्स गर्न बाध्य पारेको टिप्पणी गरेका छन् । यस्तै उनी भट्टीमा रक्सी खाएर अनियन्त्रित हुने तथा ड्राइभर र पिएसओले बोकेर घर पुर्‍याउनुपर्ने अवस्थाको रहेको बताएका छन् ।